हावाहुरीले केराखेतीमा करोडौं क्षति

हावाहुरीले केराखेतीमा करोडौं क्षति

केन्द्रबिन्दु
0
Shares

टीकापुर

कैलालीको सुदूरपूर्वी क्षेत्रमा आएको हावाहुरीले केराखेतीमा करोडौं क्षति गरको छ । हावाहुरीका कारण लाखौं केराका बिरुवा ढलेर नष्ट भएका छन् ।

कैलाली केरा उत्पादक तथा व्यवसायी संघ कैलालीका अनुसार शनिबार आएको हावाहुरीले झण्डै ५० प्रतिशत केराबारी नष्ट भएको छ । संघका उपाध्यक्ष टेकेन्द्र धामीले यस क्षेत्रका केरा बारीमा ३० प्रतिशत बोट ढलेका र २० प्रतिशत भन्दा बढी बोट काम नलाग्ने अवस्थामा पुगेको बताए ।

शुभम् एग्रो फार्मका सञ्चालक समेत रहेका धामीका अनुसार रानी जमरा कुलरिया सिँचाइ आयोजनाको कमाण्ड क्षेत्रभित्र पाँच सय हेक्टरमा केराखेती हुँदै आएको छ । धामीसहित किसान देवीराम कोइराला, मोहन जैशी, दीपेन्द्र चौधरी, रामबहादुर कुँवर, विनोद साह लगायत अधिकांश किसानको केराका बोट ढलेका छन् ।

१२ बिघा जमिनमा केराखेती गर्दै आएका धामीले सञ्चालनमा ल्याएको टिस्युकल्चर बेर्नाको भण्डारगृहमा समेत क्षति पुगेको छ । भण्डारण गृह भत्किएपछि केराको बेर्ना राख्न समस्या भएको छ ।
अन्नपूर्णबाट

Logo