काठमाडौँ
नेपालमा ठूलो परिमाणमा फर्सीको बीउ आयात गर्ने गरिएको छ । नेपालमा वार्षिक रूपमा करोडौं रुपैयाँ मूल्य बराबरको फर्सीको बीउ आयात भइरहेको व्यवसायीहरू बताउँछन् । धादिङ घर भई हाल कलंकी बस्दै आएका ३० वर्षीय फर्सी व्यवसायी गोपाल पौडेलका अनुसार नेपालमा वार्षिक १ करोड बढी मूल्यबराबरको फर्सीको बीउ आयात भइरहेको छ । उनले विगत तीन वर्षदेखि अमेरिकाको म्याक्सिकोबाट फर्सीको बीउ आयात गरेर काठमाडौंको कलंकीमा व्यवसाय गर्दै आएको बताए । उनले वार्षिक ६० लाख रुपैयाँ मूल्यबराबरको फर्सीको बीउ अमेरिकाबाट आयात गर्छन् ।
चालू आवमा मात्रै पाँच टन फर्सीको बीउ आयात गरेको उनले बताए । प्रतिकेजी ४ अमेरिकी डलरमा आयात गरेको फर्सीको बीउ नेपालसम्म आइपुग्दा १ हजार २ सय रुपैयाँ पर्ने गरेको व्यवसायी पौडेलले बताए । नेपाली बजारमा प्रतिकेजी १ हजार ६ सयदेखि २ हजार रुपैयाँमा बिक्री गर्ने गरेको उनले बताए । अमेरिकाबाट आयात गरिएको बीउ प्याकेजिङ गरी नेपाली बजारमा बिक्रीका लागि पठाउने गरेको व्यवसायी पौडेलको भनाइ छ । ‘आयात गरिएका फर्सीका बीउ तरकारी खेतीका लागि नभई जन्डिस रोग निको पार्न प्रयोग हुने गरेको छ,’ पौडेलले भने, ‘आफूले आयात गरी ल्याएको बीउ विशेषगरी औषधिका रूपमा प्रयोग हुने गरेको छ ।’
जन्डिसको बिरामी हुँदा आफू उपचारका लागि चिकित्सककहाँ गएको थिएँ । चिकित्सकले फर्सीको बियाँ खाँदा यो रोग निको हुन्छ भन्ने सल्लाह दिए,’ उनले भने, ‘चिकित्सकको सल्लाहअनुसार नै आफूले फर्सीको बियाँ खाँदा धेरै फाइदा गरेपछि यसको व्यवसाय सुरु गरेको हुँ ।’
जागिर छाडेर यो व्यवसायमा लागेको उनले बताए । आफूले आयात गरी ल्याएको बीउ विभिन्न अस्पतालमा बिक्री गर्ने गरेको पौडेलले बताए । जन्डिस, पोस्टेड क्यान्सरजस्ता बिरामीलाई फाइदा हुने भएकाले आयात गरिएको बीउ मध्ये धेरैजसो अस्पतालले लिने गरेको उनले बताए ।
नर्भिक अस्पताल र लायन इन्टरनेसनल अस्पतालले बीउ खरिद गरी लिने गरेको बताउँदै उनले ती अस्पताललाई मासिक ४ देखि ७ लाख रुपैयाँसम्मको बीउ बिक्री गर्ने गरेको बताए ।
राजधानीबाट





























प्रतिक्रिया