काठमाडौं । बारा र पर्सामा २७ जनाको ज्यान जानेगरी आएको हावाहुरी ‘टोर्नाडो’ भएको पुष्टि भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्राज्ञ तथा वरिष्ठ मौसमविद् मदनलाल श्रेष्ठ सहितको टोलीले गरेको अध्ययनले नेपालको इतिहासमै पहिलो पटक ‘टोर्नाडो’ आएको पुष्टि गरेको हो ।
अमेरिकामा हरेक वर्ष १ हजार भन्दा बढी सङ्ख्यामा आउने ‘टोर्नाडो’ नेपालमा यसअघि आएको थिएन । सामान्य हावाहुरी आउने गरेपनि यस्तो प्रकृतिको हुरी नेपालमा पहिलो पटक आएका कारण पनि आम रुपमा मानिसहरुले यसबारे चासो राखिरहेका छन् ।
टोर्नाडोे एक मौसमी घटना हो । टोर्नाडोे आउँदा माथि आकाशबाट जमिनसम्म सोली आकारमा आउँने र निरन्तर वृत्ताकार घुमिरहने एक किसिमको भुमरीजस्तै हुरी हो । यो हुरी निकै नै शक्तिशाली हुन्छ ।
अधिकांश टोर्नाडोे केही मिनेटमा बिलाएर जान्छन्, केही शक्तिशाली टोर्नाडोे भने घण्टौँसम्म रहन्छन् । शक्तिशाली टोर्नाडोे निकै लामो दुरीसम्म पुगेर क्षति पुर्याउन सक्छन् । टोर्नाडोेले जमिनमा जहाँ छुन्छ त्यहाँ पूरै विनाश गर्छ । बाहिर बादलको घेरा र भित्र हावाको न्यून चाप हुने हुँदा यसले छोएका हरेक भौतिक वस्तु उखेलिदिन्छ ।
संसारमा सबैभन्दा धेरै मानिसको ज्यान जानेगरी सन् १९८९ मा बङ्लादेशमा आएको टोर्नेडोको वेग ४ सय १८ किलोमिटर प्रतिघण्टाको थियो । ६ महिनासम्म खडेरी परेपछि सन् १९८९ मा बङ्लादेशको दौलतपुर–सतुरियामा आएको टोर्नाडोबाट १३ सय जनाको ज्यान गएको थियो ।





























प्रतिक्रिया