काठमाडौं । राजधानी काठमाडौंमा एकाएक अन्धकार छाएको छ । बिहान साढे ६ बजेदेखि राजधानी माथिको आकाशमा कालो बादल मडारिएको हो । मेघ गर्जनसहितको वर्षासँगै हावाहुरी चलेपछि काठमाडौंको आकाश कालोनिलो बनेको हो ।

आज दिउँसो पनि देशको अधिकांस भूभागहरुमा सामान्य देखि पूर्णतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका केहि स्थानहरुमा मेघ गर्जनसहित हुरी बतासका साथ वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।

साथै उच्च हिमाली भू९भागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना छ । तराइका भू-भागहरुमा हुरि बतास चल्ने संभावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै आज राति पनि देशको अधिकांस भूभागहरुमा सामान्यतया बदली रहनेछ ।

देशको पुर्वी तथा मध्य भू-भागका केहि स्थानहरुमा र पश्चिमी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जनसहित हुरी बतासका साथ वर्षाको संभावना रहेको छ।

उच्च हिमाली भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना देखिन्छ। तराइका भू९भागहरुमा सामान्य हुरि बतास चल्ने संभावना देखिएको महाशाखाले जनाएको छ ।































प्रतिक्रिया