ललितपुरको सानेपा हाइटमा ठूलो ट्रक बीच सडकमै पल्टिएर दुर्घटना भएको छ।
जनक शिक्षा सामग्री केन्द्रको ना१घ ५३३ नम्बरको ट्रक पल्टेर बा ७ च २१३१ नम्बरको भ्यानलाई किचेको हो।
मृत्यु हुनेमा चालक ४० वर्षका इन्द्रबहादुर सुनार र धनुषाकी ४० वर्षकी डोल्मा शेर्पा रहेका छन् । उनीहरुको उपचारको क्रममा जावलाखेलमा रहेको अल्का अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकी धनुषा घर भई ललितपुरको बुङ्गमती बस्दै आएकी स्मृती मगरको मेडिसिटी अस्पतालमा उपचार भैरहेको छ ।
ट्रकका चालक घटना लगत्तै फरार भएका छन् । प्रहरीले पल्टेको ट्रकलाई व्यवस्थापन गर्ने प्रयास गरिरहेको छ । दुर्घटनाको कारण र क्षतिको विवरण आउन बाँकी छ ।
अहिले उक्त क्षेत्रमा यायातात आवागमन प्रभावित भएको छ ।






























प्रतिक्रिया