ओरियन्टल पिडितहरुद्वारा सडक संघर्षको चेतावनी

ओरियन्टल पिडितहरुद्वारा सडक संघर्षको चेतावनी

केन्द्रबिन्दु
0
Shares

समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन गर्न सरकारले गठन गरेको ‘समस्याग्रस्त सहकारी व्यवस्थापन समिति’ले जारी गरेको प्रेस विज्ञप्तिबाट आफुहरुलाई मर्का परेको भन्दै ओरियन्टल सहकारी पिडितहरुले सडक संघर्षको चेतावनी दिएका छन्।

विज्ञप्तिले पीडित सदस्य निक्षेपकर्ताहरुलाई झनै स्तब्ध बनाएको भन्दै सहकारी पिडित हकहित संरक्षण समिति अध्यक्ष कुन्ती पोख्रेलले प्रेस बिज्ञप्ति जारी गर्दैआफुहरुलाई अत्यन्तै मर्माहित बनाएको उल्लेख गरिएको छ।

‘ओरेन्टल को–आपरेटिभका तत्कालिन अध्यक्ष सुधीर बस्नेत अध्यक्ष/सञ्चालक रहेको कोहिनुर हिल हाउजिङ प्रालि अन्तर्गतको ललितपुर जिल्ला साविकको इमाडोल गाउँ विकास समिति हाल महालक्ष्मि गाउँपालिका वडा नम्बर २ मा रहेको भेगास सिटिमा निर्माणाधिन अपार्टमेन्ट बारे अध्यक्ष सुधीर बस्नेतले पेश गरेको डिपीआर नै अध्ययन नगरी समितिले प्रेस विज्ञप्ति सार्वजनिक गरी लिलामीको सुचना दिनु ठूलो दुर्भाग्य हो.’ बिज्ञप्तिमा भएनिको छ।

बिज्ञप्तिमा पिडितहरुले आफुहरुले समिति अध्यक्ष युवराज सुवेदीलाई भेट्न जाँदा डिपिआर ‘दराजमै थन्काइए’को जानकारी दिएको उल्लेख गर्दै  बिज्ञ व्यक्ति नियुक्त गरेर छानविन गर्नुपर्ने बताएको छ।  /

‘विज्ञ नियुक्ती नै नगरी जोखना हेरे जस्तो गरी दुई दिनको बीचमा चार हजार शब्दको डिपिआर ठिक छैन भनेर विज्ञप्ति निकालियो । यो विज्ञप्तिले हामी पीडितलाई थप पीडा दिएको महशुस गरेका बताएका छन् ।’ बिज्ञप्तिमा भनिएको छ। पिडितहरुले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले डिपिआर ठीक हुँदा हुँदै पनि विज्ञप्ति मार्फत लिलामी सन्देश दिन खोजे आफुहरु सडकमा आउन बाध्य हुने बताएका छन्।  उनीहरुले समितिलाई न्याय दिनका लागि गठित उच्च स्तरिय समितिबाट अन्यायीपूर्ण निर्णय नहोस् भन्ने चेतावनी समेत दिएका छन् ।

Skip This
Skip This
Logo