नेपालगञ्ज । बाँकेमा एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरेका छन् । डुडुवा गाउँपालिका–६, पट्वारीपूर्वाका बुद्धिराम मुराउले कोदालो (फरुवा) ले हानेर श्रीमतीको हत्या गरेका हुन् ।
घर नजिकको आलुबारीका काम गर्दागर्दै लोग्ने–स्वास्नीबिचमा सामान्य झगडा भएपछि बुद्धिरामले श्रीमती राधा मुराउलाई फरुवाले हानेका थिए । फरुवाले हान्ने बित्तिकै श्रीमती ढलेपछि बुद्धिराम फरार भएका छन् । राधाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
आलु खन्न र प्याजमा सिंचाई गर्न मंगलबार लोग्ने–स्वास्नी खेतमा गएका थिए । त्यही बेला उनीहरुबीच बिवाद भएको थियो । बाँके प्रहरी प्रमुख एसपी अरुण पौडेलले फरार रहेका बुद्धिरामको खोजी भइरहेको बताए । बुद्धिराम भागेर भारततिर गएको आशंका गरिएको छ ।
पट्वारीपूर्वा नजिककै जंगलीपूर्वा गाउँमा केही महिनाअघि मात्रै श्रीमानले श्रीमतीको हत्या गरेर फरार भएका थिए । विदेशबाट आएका लोग्नेले श्रीमतीको चरित्रमा आशंका गरेर हत्या गरेका थिए ।





























प्रतिक्रिया