हावाहुरी प्रभावित क्षेत्रमा रोग फैलने खतरा

हावाहुरी प्रभावित क्षेत्रमा रोग फैलने खतरा


बारा

हावाहुरी प्रभावित क्षेत्रमा प्रचण्ड गर्मी बढेको छ । स्थानीयहरूको घर त छैन नै शौचालय हुने कुरै भएन । त्यसैले प्रभावित क्षेत्रमा महामारी फैलन सक्ने भन्दै केन्द्र सरकारले चिकित्सकसहितको टोली प्रभावित क्षेत्रमा पठाएको जनाएको छ ।

तर स्थानीय सरकारले भने घाइतेको उपचार, राहत वितरण र अस्थायी आवास निर्माणमा व्यस्त भएकाले स्वच्छ खानेपानी र शौचालयको व्यवस्थापन गर्न नसकिएको बताएको छ । हावाहुरी अति प्रभावित क्षेत्र बाराको फेटा गाउँपालिका भलुरी भरवलिया र वरैनियामा स्थानीयलाई सामूहिक खानाको व्यवस्था गरे पनि शौचालय र खानेपानीको उचित व्यवस्थापन गर्न नसक्दा माहामारी फैलन सक्ने खतरा पनि उत्तिकै छ ।

यहाँ नेपाल रेडक्रस सोसाइटी र सुरक्षा निकायमार्फत गरिएको प्रारम्भिक तथ्यांक अनुसार जिल्लाका आठ वटा स्थानीय तहमा क्षति भएको देखिएको छ । १ हजार ८९५ घरपरिवार पीडित छन् । जसमा ९४० घर पूर्णरूपमा क्षतिग्रस्त छन् भने ९५५ घर आंशिक क्षति भएको छ । पूर्ण क्षति पुगेको घरलाई पुनर्निर्माण र आंशिक क्षति पुगेको घरलाई मर्मत गर्न स्थानीय तहको समिति र जिल्ला समितिले लगत संकलन गरिरहेको बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले जानकारी दिए ।

उनले राहत वितरणमा केही अन्योलता भने देखिएको स्वीकार गर्दै राहत वितरण गर्ने निकायले जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय तहमा रहेको विपद् समितिसँग समन्वय गर्नसमेत आग्रह गरेका छन् ।

प्रभावित क्षेत्रमा एक अर्ब बराबरको कृषि उत्पादनमा क्षति पुगेको छ । अधिकांश गहुँबालीमा समस्या छ । यसैविच हुरीले अबरुद्ध भएको विजुली पनि मंगलबारबाट सुचारु भएको बताइएको छ ।
राजधानीबाट

Logo