काठमाडौं ।
सरकारले डिआईजी विश्वराज पोखरेललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले पोखरेललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो। बढुवासँगै पोखरेललाई अपराध अनुसन्धान विभागमा पदस्थापन गरिएको छ ।
यसैगरि एआईजी हरिबहादुर पाललाई महानगरीय प्रहरी कार्यलयमा सरुवा गरेको छ। पाल यसअघि अपराध अनुसन्धान तथा कार्य विभागमा कार्यरत थिए।





























प्रतिक्रिया