न्याय परिषदद्वारा सर्वोच्चको न्यायाधीशमा ५ जनाको नाम सिफारिस

न्याय परिषदद्वारा सर्वोच्चको न्यायाधीशमा ५ जनाको नाम सिफारिस

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा पाँच जनाको नाम सिफारिस गरेको छ । न्यायाधीश सिफारिस हुनेमा मनोजकुमार शर्मा, हरि फुयाँल, कुमार रेग्मी, उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाश ढुंगाना, उच्च अदालत सुर्खेतकी मुख्य न्यायाधीश सुष्मालता माथेमा रहेका छन् ।

फुयाँल पूर्व महान्यायाधिवक्ता हुन् । उनी केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा महान्यायाधिवक्तामा नियुक्त भएका थिए । त्यस्तै रेग्मी वरिष्ठ अधिवक्ता हुन् । प्रगतिशील खेमाबाट फुयाँल र शर्मा तथा लोकतान्त्रिक खेमाबाट रेग्मी सिफारिस भएका हुन् ।

सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका ५ जना मध्ये दुई जना प्रधानन्यायाधीश हुने लाइनमा हुनेछन् । कुनै अवरोध नभए फुयाँल र रेग्मी दुबै प्रधानन्यायाधीश हुनेछन् । उनीहरु सपना मल्ल प्रधानपछि प्रधानन्यायाधीशको रोलक्रममा हुनेछन् ।

Logo