नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले बारा-पर्साका हावाहुरी पीडितलाई १५ दिनको तलब सहयोग गर्ने घोषणा गरेका छन। उनले भने-‘मैले व्यक्तिगतरूपमा आफ्नो प्रतिनिधिसभा सदस्य बापतको आधा महिनाको तलब प्रदान गर्नेछु ।’
संयोजक डा. भट्टराईले राहत र पुनर्स्थापनाको निम्ति पार्टीका सबै सदस्यहरूले आआफ्नो हैसियत अनुसार आर्थिक सहयोग गर्न आह्वान गरेका छन । राहत रकम सिधै वा आआफ्नो कमिटीमार्फत् पार्टीको केन्द्रीय खातामा पठाउन पनि भट्टराईले आह्वान गरेका छन् । संकलित रकमलाई एकमुष्ठ रूपमा २ नम्बर प्रदेशका मुख्यमन्त्रीको राहतकोषमा पठाइने भट्टराईले बताए ।
संयोजक डा. भट्टराईले प्रभावित क्षेत्र वरपरका जिल्ला/प्रदेशका पार्टी युनिटहरुलाई उद्धार/राहतमा सक्रियतापूर्वक लाग्न निर्देशन दिएका छन् । त्यसैगरी राहत/पुनर्स्थापनाको निम्ति पार्टीका सबै सदस्यहरूले आआफ्नो हैसियत अनुसार आर्थिक सहयोग सीधै वा आआफ्नो कमिटी मार्फत् पार्टीको केन्द्रीय खातामा पठाउन आह्वान गरेका छन् ।
उक्त रकमलाई एकमुष्ठ रूपमा २ नम्बर प्रदेशका मुख्यमन्त्रीको राहतकोषमा पठाइने जानकारी पनि उनले दिए ।





























प्रतिक्रिया