काठमाडौं । हावाहुरी प्रभावित क्षेत्रमा वाटर एम्बुलेन्स पठाईएको छ । खानेपानी मन्त्रालयले बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रमा खानेपानी एम्बुलेन्स पठाइएको हो ।
खानेपानी मन्त्रालय अन्तर्गतको खानेपानी विभागले प्रभावित क्षेत्रमा पानीका कारण रोगव्याधिको प्रकोप नफैलियोस भन्ने उद्देश्यले पिउने पानी शुद्धीकरणका लागि वाटर एम्बुेलन्स पठाएको हो ।
हुरीका कारण बारा र पर्सामा २७ जनाको ज्यान गएको छ भने ४ सयभन्दा बढी घाइते भएका छन् । बाराको फेटा, पर्सौनी, सुवर्ण गाउँपालिकालगायतका स्थानका अधिकांस घरहरु भत्किएका छन् ।































प्रतिक्रिया