प्रधानमन्त्री हावाहुरी प्रभावित क्षेत्रमा, भत्किएका घर सरकारले बनाउने

प्रधानमन्त्री हावाहुरी प्रभावित क्षेत्रमा, भत्किएका घर सरकारले बनाउने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली हुरी प्रभावित क्षेत्रमा पुगेका छन् । गृह जिल्ला झापामा रहेका प्रधानमन्त्री ओली आजको सबै निर्धारित कार्यक्रम रद्द गरेर हुरी प्रभावित क्षेत्रमा पुगेका हुन् । नेपाली सेनाको स्काई ट्रकमार्फत प्रधानमन्त्री ओली झापाबाट सिमरा विमानस्थलमा ओलिएका थिए । सिमरा विमानस्थलबाट फेरि सेनाको एम आई १७ हेलिकप्टरबाट प्रभावित क्षेत्र पुगेका हुन् ।

प्रधानमन्त्रीसँगै उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा बादल, सहरी विकास मन्त्री इस्तियाक राई र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ रहेका छन् । हुरीका कारण बारा पर्सामा २७ जनाको ज्यान गएको छ भने ४ सयभन्दा बढी घाइते भएका छन् । बाराको फेटा, पर्सौनी, सुवर्ण गाउँपालिकालगायतका स्थानका अधिकांस घरहरु भत्किएका छन् ।

हावाहुरीले क्षति पुर्‍याएका सबै घरटहरा निर्माण गर्ने घोषणाः
गृह मन्त्रालले बारा र पर्सामा हावाहुरीले क्षति पुर्‍याएका सबै घरटहरा निर्माण गर्ने घोषणा गरेको छ। घटनास्थलको निरीक्षणका लागि सोमबार बारा पुगेका गृहसचिव प्रेम कुमार राईले उक्त घटना अत्यन्तै दुःखद भएको र त्यसले पुर्‍याएका सबै घरटहरा सरकारले निर्माण गर्ने बताए ।

राईका अनुसार अहिले गृहमन्त्रालयले क्षतिको विवरण संकलन गरिरहेको र एकिन तथ्याङ्क आउनासाथ भत्किएका सबै घरटहरा गृहमन्त्रालयले निर्माणको कार्य थालनी गर्नेछ।

Logo