डाक्टर श्रीमानको कुटाइबाट मृत्यु भएकी सुनितालाई भाईले दिए दागवत्ती

डाक्टर श्रीमानको कुटाइबाट मृत्यु भएकी सुनितालाई भाईले दिए दागवत्ती

केन्द्रबिन्दु
0
Shares

वीरगञ्ज । डाक्टर श्रीमानको कुटाईबाट मृत्यु भएकी सुनिता यादवको अन्तिम संस्कार गरिएको छ । आईतबार भाइ सन्तोष यादवले उनलाई दागवत्ती दिए । ४५ बर्षीया सुनिताको वीरगञ्ज महानगरपालिका–२० स्थित हरपतगञ्जमा बस्ने माइती परिवारले हिन्दु परम्पराअनुसार दाहसंस्कार गरेका हुन् । बाराको परवानीपुर गाउँपालिका–५ बहुवरीबाट दुघौरा नदीमा उनको शव जलाइएको थियो ।

नारायणी अस्पतालमा कार्यरत मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डा. सचिदानन्द यादवको कुटपिटबाट जेठी श्रीमती सुनिताको शुक्रबार उपचारको क्रममा निधन भएको थियो । श्रीमानले उनलाई इलेक्ट्रिक आइरन तताएर शरीरको विभिन्न भागमा डामेका थिए ।

चैत ६ गते बुधबार होलीको दिन राति डा. यादवले वीरगञ्ज महानगरपालिका–२० स्थित हरपतगञ्जमा सुनीतालाई निर्घात कुटपिट गरेका थिए । चैत ७ गेत बिहीबार उनलाई अचेत अवस्थामा उद्दार गरेर माईती पक्षले उपचारका लागि गण्डक अस्पतालमा पुर्‍याइएको थियो ।

आईसीयूमा राखेर उपचार गर्दासमेत अवस्थामा सुधार नआएपछि चैत १२ गते उनलाई थप उपचारका लागि काठमाडौंको शिक्षण अस्पतालमा लगिएको थियो । त्यहाँ उपचारकै क्रममा शुक्रबार निधन भएको हो ।

सुनिताको शव काठमाडौंबाट बहुअरी ल्याएपछि आइतबार अन्तिम श्रद्धाञ्जली दिन र शोकाकुल परिवारलाई सहानुभूति दिन प्रदश नं. २ का सभामुख सरोज यादव, सभासद करिमा वेगम लगायत पुगेका थिए । श्रद्धाञ्जलीका लागि बहुअरी पुगेका पर्साका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले घटनाको निष्पक्ष छानविन हुने र दोषीलाई कारबाही हुने बताए ।

कुटेर श्रीमती मार्ने डाक्टरको बयान, ‘विवाहमा म बेहुला थिए…’

Logo