अपडेटः ओखलढुंगामा जीप दुर्घटना, ६ जनाको मृत्यु, सबैको सनाखत

अपडेटः ओखलढुंगामा जीप दुर्घटना, ६ जनाको मृत्यु, सबैको सनाखत

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । ओखलढुंगामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । मानेभञ्ज्याङ गाउँपालिका ६ स्थित डडुवाडाँडामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो । दुर्घटनामा परेर तीनजना घाइते भएका छन् ।

मृत्यु भएका सबैको सनाखत भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-७ का ५५ वर्षीय मिङमा शेर्पा, सोही ठाउँका ४५ वर्षे साङ्गेल शेर्पा, काठमाडौं बौद्ध निवासी ३५ वर्षीया नोर्बु शेर्पा, ४० वर्षीय ङवाङ शेर्पा, ४५ वर्षीया डोमा शेर्पा र वाङदा शेर्पा रहेका छन् ।

दुर्घटनामा एक बालकसहित तीन जना गम्भीर घाइते भएका छन् । उनीहरुको उदयपुरको घुर्मीस्थित आस्था मेडिकल सपमा उपचार भइरहेको छ । सोलुखुम्वुको सोलुगुम्बाबाट काठमाडौं जाँदै गरेको बा१६च २२०७ नम्वरको स्कोरपियो मानेभञ्ज्याङ-६ स्थित सडकबाट ५ सय मिटर तल पिपल खोलामा खसेको प्रहरीले जनाएको छ ।

Logo