लगानी सम्मेलनको दोस्रो दिन के-के भयो ( भिडियो सहित )

लगानी सम्मेलनको दोस्रो दिन के-के भयो ( भिडियो सहित )

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

तेस्रो लगानी सम्मेलन शुक्रबारदेखि काठमाडौंमा शुरु भएको छ । सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई व्यापारको केन्द्रका रूपमा विकास गर्न अन्तर्राष्ट्रिय लगानीकर्तासँग आग्रह गरेका छन् ।

लगानी सम्मेलनमा १६ वटा परियोजनामा प्रारम्भिक सहमति भएको छ । सहमति अनुसार सर्राफ ग्रुप होटलले चौधरी ग्रुपसँग साझेदारी गर्नेछ । यस्तै चौधरी ग्रुप र ट्रकसेल कम्पनीबीच मोबाइल सेवामा लगानी गर्ने सहमति भएको छ ।

सोलार परियोजनाका लागि प्रदेश २ र चौधरी ग्रुपबीच समझदारी जुटेको छ । यस्तै एक कोरियन कम्पनीले ६ सय १५ मिलियन अमेरिकी डलरमा २ सय ६० मेगावाटको माथिल्लो त्रिशूली जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ ।

सतलज ग्रुप तथा नबिल बैंक, एभरेष्ट बैंक र भारतको स्टेट बैंकबीच ९ सय मेगावाटको अरुण तेस्रो बनाउने सम्झौता भएको छ । लगानी सम्मेलनको दोस्रो दिन के के भयो त ? थप विवरण हेरौं यो भिडियोमा :

Skip This
Skip This
Logo