बारामा प्रहरी भ्यानमा आगजनी, ६ राउण्ड हवाई फायर

बारामा प्रहरी भ्यानमा आगजनी, ६ राउण्ड हवाई फायर

केन्द्रबिन्दु
0
Shares

सरकारले प्रदेश २ मा माध्यमिक शिक्षा  (एसईई) परीक्षा अन्तर्गत केही बिषयको परीक्षा स्थगित गरेपछि बिद्यार्थीहरुले प्रदर्शन गरेका छन्।

शनिवार प्रदेशका विभिन्न ठाउँमा प्रदर्शन भइरहेको छ । प्रदेशका विभिन्न जिल्लास्थित राजमार्गमा विद्यार्थी सडकमा उत्रिएका छन् ।

प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले बारमा प्रहरी भ्यानमा आगजनी गरेका  छन् । भीडलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ । विद्यार्थी प्रदर्शन रोक्न बारा प्रहरीले ६ राउण्ड हवाई फायर र ४ राउन्ड अश्रुग्यास प्रहार गरेको बाराका प्रमुख जिल्ला अधिकारी (सीडीओ) राजेश पौडेलले बताए । विद्यार्थी आन्दोलित भएपछि स्थिति तनावग्रस्त बनेको छ ।

धनुषाको सपहीमा प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्रराय यादव चढेको गाडीमा ढुंगामुढा गरिएको छ । ढुंगामुढाबाट राज्यमन्त्री यादव चढेको गाडीको सिसा फुटेको छ  ।

जारी एसईई परीक्षा अन्तर्गत प्रदेश २ मा सञ्चालित परीक्षामा विज्ञान, सामाजिक, स्वास्थ्य तथा जनसंख्या विषयको प्रश्नपत्र बाहिरिएपछि शुक्रबार शिक्षामन्त्री गिरिराजमणी पोखरेलले पत्रकार सम्मेलन गरी परीक्षा स्थगत गर्न निर्देशन दिएका थिए । लगातार प्रश्नपत्र बाहिरिएपछि शिक्षा मन्त्रालयले बाँकी आज चैत १६ देखि २१ गतेसम्म हुने परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

परीक्षा रोकिँदा प्रदेश २ बाट एसईईमा सहभागी ७० हजार ५ सय ६८ विद्यार्थी प्रभावित भएका छन् । परीक्षाको चौथो दिन बिहीबार हुने विज्ञान विषयको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएको थियो भने हिजो शुक्रबार हुनुपर्ने सामाजिक विषयको पनि प्रश्नपत्र पनि बिहीबार रातिदेखि नै सामाजिक सञ्जालहरूमा छ्याप्छ्याप्ती भएको थियो ।

Logo