१५ माघ २०७८ शनिबार
1
1
1

0 Shares

सरकारले भौतिक संरचना निर्माण सम्बन्धी सम्झौता पुरा गरेन (भिडियोसहित)

1
1
1
1
1
1
1
1
1

सरकारले होङ्सी शिवम् सिमेन्ट उद्योगसंग गरेको सम्झौता उत्पादन सुरु भईसक्दा पनि पुरा गर्न सकेको छैन ।

बैदेशिक लगानी भित्र्याउने ठुलो महत्वकाँक्षा सरकारले बोकेको भएपनि लगानी सम्झौता भई उत्पादन नै सुरु गरिसकेको नवलपरासीको सर्दीखोलास्थित होङ्सी शिवम् सिमेण्ट उद्योगसंगको भौतिक संरचना निर्माण सम्बन्धी सम्झौता अझै पुरा गरेको छैन ।

नेपालमा संचालन भएका सिमेन्ट उद्योगमध्ये यो उद्योग सबै भन्दा ठुलो लगानीको र स्वचालित रुपमा सिमेन्ट उत्पादन गर्ने उद्योग हो । यहाँ सिमेन्ट उत्पादनका सम्पुर्ण प्रक्रिया पुर्णप्रविधि(फुल अटोमेटिक) प्रणालीबाट गरिन्छ ।

वैदेशिक लगानी स्वीकृत गर्दाको समयमा सरकारले यो उद्योगसंगको विद्युत् प्रशारण लाईन २४ महिना भित्र बनाईदिने र मुख्य राजमार्ग देखि उद्योग र उद्योग देखि खानीसम्मको बाटो पीच गर्ने सहमति गरेको थियो ।

तर यी दुवै काम अहिले सम्म हुन सकेका छैनन । विद्युत् प्रशारण लाईन नबन्दा उत्पादन लागत बढेको कम्पनीको गुनासो छ । सक्दो छिटो सरकारले विद्युत् प्रशारण लाईन र बाटोको काम सम्पन्न गरेमा उत्पादन लागत कम हुने कम्पनीको भनाई छ

प्रकाशित: १६ कात्तिक २०७५ १६:४५ शुक्रबार

1
1
1
1
1
1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी