अछाममा विप्लव समूह र प्रहरीबीच गोली हानाहान

अछाममा विप्लव समूह र प्रहरीबीच गोली हानाहान

केन्द्रबिन्दु
0
Shares

अछाम

अछाममा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ता र प्रहरीबीच दोहोरो गोली हानाहान भएको छ । रामारोशन गाउँपालिकाको बाटुलासैनमा विप्लव समूहका कार्यकर्तालाई पक्राउ गर्ने क्रममा मंगलबार दिउँसो दोहोरो गोली चलेको हो ।

विप्लव समूहबाट पहिला गोली चलेपछि प्रहरी गोली चलाउन बाध्य भएको प्रहरीको भनाइ छ । बाटुलासैनमा विप्लव समूहका कार्यकर्ता लुकेर बसेको सूचनाको आधारमा प्रहरी त्यहाँ पुगेको थियो । प्रहरीले त्यहाँँबाट चार जना पक्राउ गरेको छ ।

‘पहिला उनीहरुले गोली चलाए’, डिएसपी जनक शाहीले भने, ‘त्यसपछि जवाफी कारबाहीका लागि प्रहरी गोली चलाउन बाध्य भएको हो ।’ डिएसपी शाहीले चार जना पक्राउ परेको पुष्टि गरे ।

पक्राउ पर्नेमा अखिल क्रान्तिकारीका जिल्ला कोषाध्यक्ष सुरेश रावत, युवा संगठनका जिल्ला सदस्य सुरेश साउद, अनेम संघ क्रान्तिकारीका भूमिसरा धामी, युवा संगठनका राजेन्द्र धामी रहेका छन् । थप विवरण भने आउन बाँकी छ ।
अन्नपूर्णबाट

Logo