उदयपुर । आफ्नै श्रीमतीलाई बलात्कार गरेको अभियोग लागेका एक व्यक्तिलाई ३ वर्ष जेल सजाय तोकिएको छ । वैवाहिक बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ३ वर्ष कैद सजायको फैसला सुनाएको हो ।
जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले एक ४५ वर्षीय व्यक्तिलाई ३८ वर्षीया श्रीमतीलाई इच्छाविपरित करणी गरेको कसुर ठहर गरेको हो । अदालतले अभियुक्तलाई ७ वर्षीया छोरीलाई यौन दुव्र्यवहार गरेको कसुरमा भने सफाइ दिएको छ ।
मुलुकी ऐन जवरजस्ती करणीको महल ३ (६), मुलुकी अपराध ऐन २०७४ को दफा २१९ को उपदफा (४) मा व्यवस्था भए बमोजिम ३ वर्ष कैद सुनाइएको हो । श्रीमतीको इच्छाविपरित शारीरिक सम्पर्क गरेमा बैवाहिक बलात्कार मान्दै ५ वर्षसम्म कैद गर्ने व्यवस्था छ ।
शारिरीक अवस्था कमजोर रहँदा समेत ०७५ साउन २१ गते कसुरदारले इच्छाविपरित वलजफ्ती पटक–पटक करणी गरेको र ७ वर्षीया छोरीलाई समेत साउन २१ गते यौन दुव्र्यवहार गरेको भन्दै अभियुक्तकी श्रीमतीले भदौ ४ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् ।
पीडितले निवेदन दिएको भोलिपल्ट भदौ ५ गते पक्राउ परेका कसुरदारलाई अदालतले भदौ ३१ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । निवेदनसँगै कानुनी प्रक्रियाका लागि प्रहरीले प्रमाण जुटाउन आमा र छोरी दुबैलाई भदौ ५ गते जिल्ला अस्पतलामा स्वास्थ्य जाँच गराएको थियो ।





























प्रतिक्रिया