नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौला अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् ।
काठमाडौँको ह्याम्स अस्पतालमा पाँच दिनको उपचारपछि नेता सिटौला आज घर फर्केका हुन् । शुुक्रबार साँझ अचानक स्वास्थ्यमा गडबडी भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।
उनको रगतमा हेमोग्लोबिनको मात्रा कम देखिएको र रक्तचाप समेत घटेकाले सघन उपचार कक्ष (आइसियु)मा राखेर उपचार गरिएको थियो । नेता सिटौलालाई रगतको मात्रा बढाउन शुक्रबार र शनिबार रगतसमेत दिइएको थियो ।





























प्रतिक्रिया