पाल्पा
जिल्लाको निस्दी गाउँपालिका–७ ज्यामिरेमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७८ वर्षीया यानिसरा ढेंगा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
ज्यामिरेबाट नवलपरासीको सर्दीतर्फ चुनढुंगा लिएर जाँदै गरेको लु २ ख २६१४ नम्बरको टिपरले पानी बोकेर बाटो काट्ने क्रममा ठक्कर दिँदा घटनास्थलमै महिलाको मृत्यु भएको हो । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ढिस्कोमा परेर एक जनाको मृत्यु
यता खोटाङमा घर पोत्न माटो खन्ने क्रममा ढिस्कोमा परेर एक महिलाको मृत्यु भएको छ । साकेला गाउँपालिका–४ मात्तिम हुपापुकी ३५ वर्षीया तारा खड्काको सोमबार मृत्यु भएको हो ।
उहाँको कामीसराडाँडामा माटो खन्दै गर्दा माथिबाट झरेको माटोको ढिस्कोले पुरिएर घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो । उनी सासुसँगै माटो खन्न गएकी थिइन् ।
रासस





























प्रतिक्रिया