सरकारले भन्यो, ‘विप्लवलाई चन्दा नदिनु, धक्याए प्रहरीलाई खबर गर्नु’

सरकारले भन्यो, ‘विप्लवलाई चन्दा नदिनु, धक्याए प्रहरीलाई खबर गर्नु’


काठमाडौं । सरकारले प्रतिबन्धित नेकपा माओवादीलाई चन्दा नदिन सबैलाई अपिल गरेको छ । गृह मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै प्रतिबन्धित नेत्र विक्रम चन्द नेतृत्वको नेकपालाई चन्दा नदिन भनेको हो । जबरजस्ती चन्दा माग्न खोजे प्रहरीलाई सम्पर्क गर्न भनिएको छ ।

गृह मन्त्रालयले आईतबार एक विज्ञप्ति जारी गर्दै विप्लव समूहको आपराधिक तथा विध्वंसात्मक क्रियाकलापमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न र सहयोग गर्ने व्यक्ति, संस्था वा समूहलाई समेत प्रचलित कानूनअनुसार कारबाही हुने चेतावनी समेत दिएको छ ।

‘यस्ता समूहहरुलाई कुनै किसिमको आर्थिक, भौतिक सहयोग नगर्न एवं त्रास, धम्की र प्रलोभनमा नपर्न तथा यदि कोही कसैबाट जबरजस्ती आर्थिक सहयोग माग गर्ने धम्की दिने कार्य भए गरेमा त्यसको सूचना तत्काल नजिकको प्रहरी प्रशासनलाई दिन हुन अनुरोध छ’ मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Logo