विप्लव गलाउँदै सरकार, सीके शैलीमा पक्राउ गर्ने तयारी

विप्लव गलाउँदै सरकार, सीके शैलीमा पक्राउ गर्ने तयारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई राजनीतिक रूपमा प्रतिबन्ध लगाएको सरकारले उसलाई गलाएरै वार्तामा ल्याउने रणनीति बनाएको छ ।

विखण्डनकारी मुद्दा बोकेर राजनीतिक अभियान चलाएका सीके राउतकै शैलीमा विप्लवलाई पक्राउ गर्ने र उनलाई जेलमा हालेर उनका कार्यक्रर्तालाई समेत पक्राउ गर्दै गलाउने रणनीति सरकारले अघि सारेको हो । सोही शैलीबाट विप्लवलाई वार्तामा ल्याउन समेत सहज हुने सरकारको निष्कर्ष छ ।

गृह मन्त्रालय निकट उच्च स्रोतका अनुसार विप्लवको खोजीमा सक्रिय रहन सरकारले प्रहरीलाई निर्देशन समेत दिइसकेको छ । प्रहरीले सोही अनुसार नै विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्तालाई पक्राउसमेत गर्न थालिसकेको छ । प्रहरी प्रधान कार्यालयले विशेष टोली खटाएरै विप्लवका उच्च तहका नेतामाथि निगरानी बढाएको गृह स्रोतले जानकारी दिएको छ ।

शनिबार बिहान मात्रै प्रहरीले काभ्रेबाट प्रतिबन्धित नेकपाका मध्यकमान्ड इन्चार्ज हेमन्तप्रकाश ओलीसहित नौ जना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको थियो । सरकारले विप्लव नेतृत्वको पार्टीमाथि प्रतिबन्ध लगाएपछि पक्राउ पर्ने नेकपाका सबैभन्दा उच्च तहका नेता हुन् उनी । उनी पक्राउ परेपछि विप्लवको मध्यकमान्ड क्षेत्रमा समेत धक्का लागेको छ । प्रहरीले उनलाई खानीखोला–७ मिल्चेबाट पक्राउ गरेको बताएको छ ।
राजधानीबाट

Logo