बचतकर्ता आन्दोलनमा, ऋणी सम्पर्कविहीन : ओरेन्टल सहकारी समस्या

बचतकर्ता आन्दोलनमा, ऋणी सम्पर्कविहीन : ओरेन्टल सहकारी समस्या

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

समस्याग्रस्त ओरेन्टल सहकारीका बचतकर्ता पैसा फिर्ताको माग गर्दै आन्दोलित भए पनि ऋणीहरू भने सम्पर्कविहीन भएका छन् ।

संस्था समस्याग्रस्त भएपछि ऋण तिर्नु छाडेका उनीहरूलाई समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ताकेता गरेपनि सम्पर्कमा नआएका हुन् ।

व्यवस्थापन समितिले पुस १९ गते सार्वजनिक सूचनामार्फत ऋण तिर्न अनुरोध गरेको थियो । ऋण तिर्नका लागि ३५ दिने समयसीमा दिए पनि फागुनसम्ममा १५ जना ऋणीले ७५ लाख रुपैयाँ चुक्ता गरेका छन् । यसबाहेक १ हजार ५ सय भन्दा बढी ऋणीबाट १२ करोड ७ लाख रुपैयाँ असुल गर्न बाँकी रहेको समितिका सदस्य सचिव रेवतीरमण पोखरेलले जानकारी दिए । “हामीले ३५ दिने समयसीमा दिएर ऋण तिर्नका लागि ताकेता गरेका थियौं,” उनले भने, “एकदमै न्यून ऋणीमात्र समितिको सम्पर्कमा आए ।” तोकिएको समयभित्र एकदमै कम मात्र ऋणी सम्पर्कमा आएपछि प्रक्रियालाई जारी राखिएको उनले बताए ।

व्यवस्थापन समितिले पाउनुपर्ने रकम दावी पेश गर्न सूचना जारी गर्ने वित्तिकै ७ हजार निक्षेपकर्ताले ४ अर्व २१ करोड साँवा तथा ४ अर्ब २७ करोड व्याज पाउनुपर्ने निवेदन दिएका थिए । तर ऋण तिर्न समितिले गरेको ताकेतामा भने सदस्यहरूले बेवास्ता गरेका हुन् । व्यवस्थापन समितिका अनुसार संस्थाले बिनाधितो जथाभावी ऋण लगानी गरेकाले असुली प्रक्रिया जटिल भएको हो । यसैगरी ऋणीहरूको आवश्यक जानकारी नभएको र धितो राखेका कतिपय सम्पत्ति समेत नभटिएको समेत नभएको समितिले जनाएको छ ।
कारोबारबाट

Skip This
Skip This
Logo