काठमाडौं
गत १५ फागुनमा ताप्लेजुङको तारेढुंगा सिस्नेभिरमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको ज्यान जाने गरी भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना छानबिनमा फ्रान्सको दुर्घटना जाँच एजेन्सीले पनि सहभागी हुन चासो व्यक्त गरेको छ । हेलिकोप्टर दुर्घटनाबारे गठित आयोगलाई हेलिकोप्टर निर्माता कम्पनी एयरबस (युरोकोप्टर) रहेको देश फ्रान्सको दुर्घटना जाँच एजेन्सी (ब्युरो अफ इन्क्वाइरी एन्ड एनलाइसिस फर सिभिल एभिएसन सेफ्टी)ले पनि दुर्घटनाको अनुसन्धानमा सहभागी हुन चासो व्यक्त गरेको हो ।
आयोगका संयोजक यज्ञप्रसाद गौतमले फ्रान्सेली जाँच एजेन्सीले सहभागिताका लागि खबर पठाएको र त्यसबारे के गर्ने भन्नेमा आयोग सकारात्मक रहे पनि निर्णय भने भइनसकेको जानकारी दिए । कुनै पनि जहाज उत्पादक कम्पनीले आफूले उत्पादन गरेका जहाज दुर्घटना भएको अवस्थामा हुने जाँचमा सहभागी हुन पाउने मापदण्ड आइकाओले निर्धारण गरेको छ ।
आयोगका संयोजक गौतमले छानबिनमा हेलिकोप्टर निर्माता कम्पनी रहेकै देशको जाँच एजेन्सीलाई सहभागी गराउँदा अनुसन्धान थप प्रभावकारी हुने भन्दै उसको सहभागिताका लागि आफूहरू सकारात्मक रहेको बताए । फ्रान्समा हवाई दुर्घटना भएको खण्डमा अनुसन्धान गर्ने बेग्लै स्थायी प्रकृतिको निकाय छ । जसले कुनै पनि हवाई दुर्घटना भएमा अनुसन्धान गर्छ र सुधारका आवश्यक कदमका लागि सिफारिस गर्ने गर्छ ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया