जनकपुरमा शुक्रबार मात्र होली मनाइने

जनकपुरमा शुक्रबार मात्र होली मनाइने

केन्द्रबिन्दु
0
Shares

जनकपुरधाम

अन्तगृह परिक्रमाको एक दिनपछि जनकपुरधाममा होली हुने भएकाले यसपाली यहाँ भोली (शुक्रबार) मात्र होली मनाइने स्थानीयवासीहरुले बताएका छन् । तराईका अधिकांश जिल्लाहरुमा भने आज होली मनाईंदैछ । तर जनकपुरधाममा शुक्रबार हुने भएको हो ।

होलीका दिन जनकपुरधामको चोक चोकमा एक अर्कालाई रंग अबिर दलेर होली खेल्ने परम्परा रहेको छ । नगरको केही स्थानमा मटकाफोर कार्यक्रमको आयोजना समेत गरिने गरिन्छ । देशमै जनकपुरधामको होलीको चर्चा हुने गरेको छ । मिथिलाको होली हेर्न ठूलो संख्यामा विदेशी पर्यटक जनकपुरधाम आइरहेको जानकारी होटेल व्यवसायी विजय झुनझुनवालाले दिएका छन् ।

बिहिबार (आज) परिक्रमाको समापन हुने कार्यक्रम रहेको छ । १५ दिने मिथिला मध्यमा परिक्रमाको अन्तगृह परिक्रमा गरी पूर्णाहुति गर्ने परम्परा रहेको छ । यसैबीच जनकपुरधाममा होली चैत ८ गते भएकाले प्रदेश २ सरकारले प्रदेशभरी ७ र ८ गते विदा दिने निर्णय गरेको छ । यता होली मिलन समारोहको नाउँमा जोगिरा गायनका अतिरिक्त अबिर लगाउने कार्य प्रत्येक दिन भइरहेको छ ।
राजधानीबाट

Logo