खोलाको चौडाइ भन्दा ८२ मिटर छोटो पुल अलपत्र

खोलाको चौडाइ भन्दा ८२ मिटर छोटो पुल अलपत्र

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

संखुवासभा र भोजपुर जोड्न अरुण नदीको लम्सुवाघाटको पुल २५ असार ०७० मै तयार हुनुपर्ने थियो । १३ करोड पाँच लाखमा पुल बनाउन सम्झौता भएको आठ वर्षसम्म जम्मा सात पिलर ठडिएका छन् ।

वर्षौं अघि बनेका पिलर खोलाको बहावले काटिएर आफैं रुग्ण बनेका छन् । दुईपटक थपेर सम्झौताको म्याद आठ वर्ष पुर्‍याइएको छ । त्यस्तै लागत १३ करोड पाँच लाखबाट १६ करोड ६३ लाख पुर्‍याइएको छ । पुल कहिले बन्छ निश्चित छैन, तर पुल बने पनि जनताले खोला तर्न नपाउने निश्चित छ । किनकि, खोलाको चौडाइभन्दा पुलको लम्बाइ ८२ मिटर छोटो छ ।

‘लम्सुवाघाटमा एक सय ६५ मिटर लामो पुल बन्दैछ, तर नदी फैलिँदै जाँदा दुई सय ४७ मिटर चौडा भएको छ । अहिलेको डिजाइनमा पुल तयार हुँदा नदीको बहाव भन्दा ८२ मिटर छोटो बन्छ,’ सडक डिभिजन कार्यालय तुम्लिङटारका प्रमुख इन्जिनियर कृष्णराज अधिकारीले भने, ‘पुल तयार भएपनि प्रयोग सम्भव हुँदैन ।’ थप ८२ मिटर के गर्ने भन्ने अहिलेसम्म टुंगो छैन ।
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo