सिन्धुली
जिल्लाको मरिण गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष ३२ वर्षीय धन बहादुर स्याङतानविरुद्ध उनकी श्रीमती ४३ वर्षीया सर्मिलामाया स्याङतानले घरेलु हिंसाको उजुरी दर्ता गरेकी छिन ।
उनले आफूलाई श्रीमान्ले मानसिक तथा आर्थिक हिंसा गरेको भन्दै जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्रमा आइतबार उजुरी दिएकी हुन् । उनले उजुरी दिएपछि केन्द्रले सोमबार वडाध्यक्षलाई बोलाई दुवै पक्षलाई राखि छलफल गराई मिलापत्र भएको जनाएको छ ।
श्रीमान्ले सधैंजसो डर, त्रास देखाउने, गालीगलौज गर्ने गरेको, खान लाउन नदिएको, बोलचाल समेत नगर्ने गरेको र घरायसी खर्च समेत नदिएको पीडित सर्मिला मायाको आरोप छ । उनीहरु पारिवारीक बेमेल भएपछि विगत ६ महिनादेखि बेग्लाबेग्लै भान्सामा खाना खाँदै आएका थिए ।
पीडितले उजुरी दिएपछि सोमबार केन्द्रले छलफल गराएको केन्द्रका प्रमुख रचना लामिछानेले बताईन् । उनले श्रीमतीले मदिरा सेवन गरेका कारण परिवारमा समस्या आएको श्रीमान् धनबहादुरको आरोप रहेको बताईन् ।
उनले श्रीमतीले मदिरा सेवन नगर्ने र श्रीमान श्रीमतीसँगै बस्ने, घर व्यवहार मिलेर गर्ने र आपसमा समझदारी कायम गर्ने गरि दुवै पक्ष सहमत भएपछि मिलापत्र गरिएको बताईन् ।
राजधानीबाट





























प्रतिक्रिया