काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका प्रस्थान गरेका छन्। पन्ती सीता दाहालको उपचारको लागि प्रचण्ड अमेरिका प्रस्थान गरेका हुन् । उनको साथमा उनकी स्वकीय सचिव तथा छोरी गंगा दाहालसमेत अमेरिका गएकी छन्।
सीताको उपचार अमेरिकाको जोन हकिङ्स् अस्पतालमा हुनेछ। त्यहाँ उनको प्रोग्रेसिभ सुपर न्यूक्लियर प्लासीको उपचार हुनेछ । अमेरिका प्रस्थान गर्नु अगाडि प्रचण्डले सिताले पटक पटक उपचारका लागि जाने भनेपछि जान लागेको बताए।
‘अमेरिका गएपछि केही ठीक हुन्थ्यो की भन्ने उनले सारै जिद्दी गर्न थालेपछि मलाई पनि मनोवैज्ञानिक रुपमा पनि एक पटक पुगौँ भनेर लाग्यो’ त्रिभुवन विमानस्थलको विशिष्ट कक्षमा प्रचण्डले आफ्नो अमेरिकी भ्रमणबारे भने।
यसका लागि अमेरिकी राजदूतले पनि सहजीकरण गरेको उनले बताए। भ्रमण मुख्यरुपमा उपचार नै रहेको बताए। भ्रमणका क्रममा अमेरिकी सरकारका अधिकारीहरुसँग औपचारिक अनौपचारिक रुपमा छलफल हुने सम्भावना रहेको बताए । ‘मलाई भर्खरै मात्र परराष्ट्र मन्त्रालयले जानकारी गराएको छ की औपचारिक रुपमा यहाँबाट मन्त्रालयले अमेरिकामा पत्राचार गरिसकेको छ। त्यहाँ रहँदा अमेरिकी सरकारका अधिकारीसँग औपचारिक वा अनौपचारिक रुपमा छलफल हुन सक्ने सम्भावना रहेको छ।’
उपचारमा समय लागे आफु चाँडै स्वदेश फर्किने प्रचण्डको भनाई छ । उनले पार्टी एकता प्रक्रियालाई अन्तिम रुप दिन ढिला भएको र अन्य राजनीतिक विषयमा छलफलको आवश्यकता रहेकाले छिट्टै फर्किने बताएका हुन् । गत असोज १० मा प्रचण्डले सीतालाई सिंगापुर लगेका थिए। रोग निदानकै लागि प्रचण्डले गत कात्तिक २६ मा सीतालाई तातोपानीमा नुहाउन लगेका थिए।
अमेरिका जाँदै प्रचण्डले भने, ‘सीताले साह्रै जिद्दी गरेकीले जाँदैछु’
अमेरिका जाँदै प्रचण्डले भने, ‘सीताले साह्रै जिद्दी गरेकीले जाँदैछु’
Posted by Kendrabindu – केन्द्रबिन्दु on Sunday, March 17, 2019





























प्रतिक्रिया