३३ प्रतिशत महिला क्याम्पस प्रमुख माग गर्दै तालाबन्दी

३३ प्रतिशत महिला क्याम्पस प्रमुख माग गर्दै तालाबन्दी

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

त्रिभुवन विश्वविद्यालय अन्तर्गत संचालित आंगिक क्याम्पसमा महिला क्याम्पस प्रमुख हुनुपर्ने माग गर्दै त्रिविका महिला शिक्षक आन्दोलनमा उत्रिएका छन् ।

पद्मकन्या कलेजबाट आन्दोलन घोषणा गरेका उनीहरुले देशभरका ६१ मध्ये २० क्याम्पसमा महिला क्याम्पस प्रमुख हुनुपर्ने माग गरेका छन् । पटक पटक महिला प्रमुखको माग गर्दै आन्दोलनमा उत्रिएका महिला प्राध्यापकले त्रिविका पदाधिकारीले आफुहरुको मागको सुनुवाई नगरेको आरोप लगाउदै ५ दिन अघि त्रिवि उपकुलपति प्राडा तीर्थराज खनिया र हिजो बिहीबारबाट रेक्टर प्राडा सुधा त्रिपाठी र रजिष्टार प्रा डिल्लीराम उप्रेतीको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

महिला शिक्षकको आन्दोलनको कारण हिजो बिहीबार पदमकन्या मा तोकिएको परीक्षा केन्द्र समेत परिवर्तन गरिएको छ । त्रिविले पद्मकन्या क्याम्पसमा महिला प्रमुख नबनाएको झोकमा आन्दोलनमा उत्रिएका महिला प्राध्यापकले ३३ प्रतिशत आंगिक क्याम्पसमा महिला प्रमुख नियुक्ती नगरे विद्यार्थी सहित आमरण अनुसन बस्ने चेतावनी दिएका छन् ।

पद्मकन्या क्याम्पस महिला कर्मचारी प्राध्यापक संघ संजालका सचिव एवं उपप्राध्यापक विमला नेपालले देशभरका ६१ क्याम्पस मध्य ३३ प्रतिशत अर्थात २० आंगिक क्याम्पसमा महिला क्याम्पस प्रमुख हुनुपर्ने बताउनुभयो ।

उहाँले महिला शिक्षक र विद्यार्थीको मागलाई वेवास्ता गरे आगामी आइतबारबाट कालोपट्टी बांधेर पठन पाठन गराउने, आन्दोलनको विषयमा विद्यार्थीलाई जानकारी दिने र त्यो बेला सम्ममा पनि माग पुरा नभए विद्यार्थी सहित आमरण अनसन बस्ने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो– हाम्रो मागप्रति वेवास्ता गरे देशैभर पठ्न पाठन ठप्प पारेर आन्दोलनमा उत्रनेछौ । त्रिविले पिके क्याम्पसमा क्याम्पस प्रमुख छनौट गर्दा महिलालाई तेस्रो नम्बरमा राखेर पुरुष प्राध्यापकलाई क्याम्पस प्रमुख बनाउन लागेको महिला प्राध्यापकको आरोप छ । ‘हाम्रो माग अब पिके क्याम्पसको लागि मात्रै होइन, संविधान कार्यान्वयन गर्न हो –क्याम्पसका सहप्राध्यापक डा जया प्रधानले भन्नुभयो ।
नेपाल समाचारपत्रबाट

Logo