इलामको सन्दकपुर गाउँपालिकास्थित माइपोखरी बजारमा आगलागी भएको छ । धार्मिक तथा पर्यटकीयस्थल माइपोखरी पस्ने गेट अगाडिका घरहरुमा आगलागी भएको हो ।
आगलागीबाट ४ घर ध्वस्त भएको छ। आगलागीमा चक्र मुखिया, उनका भाइ कमल मुखिया, लाक्पा शेर्पा र निमादोर्जे शेर्पा घर पूर्णरुपमा ध्वस्त भएको छ ।
इलाम नगरपालिकाको दमकल, नेपाली सेना , स्थानीयवासीले आगलागी नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् ।





























प्रतिक्रिया