हिडेर अस्पताल गएका विरामीको मृत्यु, नेपाल मेडिकल कलेजमा तोडफोड

हिडेर अस्पताल गएका विरामीको मृत्यु, नेपाल मेडिकल कलेजमा तोडफोड

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल मेडिकल कलेजमा उपचारको क्रममा एक विरामीको मृत्यु भएको छ । मृतका आफन्तहरुले अस्पतालमा तोडफोड गरेका छन् । मंगलबार राति ९ बजेतिर पेट दुखेको भन्दै अस्पताल भर्ना भएका कागेश्वरी मनहरा नगरपालिका आलापोटका ४२ वर्षीय सुदर्शन फुयालको उपचारको मृत्यु भएको हो ।

पेट दुखेर उनी मंगलबार राति ९ बजेतिर अस्पताल भर्ना भएका थिए । उनको उपचारका क्रममा बुधबार बेलुका ६ बजेतिर निधन भएको हो । चिकित्सको लापरवाहीका कारण ज्यान गएको भन्दै मृतकका आफन्तहरुले अस्पतालमा तोडफोड गरेका हुन् ।

विरोध प्रदर्शनमा उत्रिएपछि प्रहरी र मृतकका आफन्तहरुबीच झडप भएको थियो । झपडका क्रममा मृतकका छोरा घाइते भएका छन् । उनको आईसीयूमा उपचार भईरहेको बौद्ध प्रहरीले जनाएको छ ।

अहिले व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । अस्पतालमा कसैलाई पनि प्रवेश गर्न दिईएको छैन् । मृतकका आफन्तहरुले उचित क्षतिपुर्ति पाउनुपर्ने र लापरवाही गर्ने चिकित्सकमाथि कारवाही माग गर्दै अस्पतालमा तोडफोड गरेको बौद्ध प्रहरीका डिएसपी नरेन्द्र चन्दले जानकारी दिए ।

Logo