बलामीको ५ लाख ७७ हजारको धनमाल चोरी

बलामीको ५ लाख ७७ हजारको धनमाल चोरी

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित मकवानपुर बज्रबाराहीका २४ वर्षीय प्रयास बलामीको निकुञ्ज ट्रेड प्रालिबाट करीब पाँच लाख ७७ हजार बराबरको धनमाल चोरी भएको छ ।

विभिन्न कम्पनीका मोबाइल, पेनड्राइभ र मेमोरी कार्डसमेत गरी उक्त रकम बराबरको धनमाल चोरी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । चोरीमा संलग्न भएकाहरु फरार रहेकाले खोजी जारी रहेको प्रहरीले जनाइएको छ ।

यता काठमाडौँ महानगरपालिका–२६ कपुरधारामा डेरा गरी बस्ने धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–४ का अमृतकुमार श्रेष्ठको कोठाबाट नगद रु एक लाख ५० हजारसहित सुनका गरगहना गरी दुई लाख ४० हजार बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।

Logo