खानेपानी मन्त्री मणि थापाले शनिबार सुर्खेतमा आयोजित कार्यक्रममा आफूले श्री ५ को सरकार भनेकोमा माफी मागेका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले भूलवश ती शब्द प्रयोग भएको बताएका हुन्।
उनले फेसबुकमा लेखेका छन्- ‘शनिबार नेपाल कम्युनिष्ट पार्टीले सुर्खेतमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेपाल सरकार भन्नु पर्नेमा भूलवश अन्यथा भएको र त्यसलाई मैले तत्कालै सच्याएको यहाँहरु जानकार नै हुनुहुन्छ । आम नेपाली नागरिक, मेरो शुभचिन्तक र नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामा त्यसबारे कुनै द्वविधा नराखिदिनुहुन अनुरोध गर्दछु । मेरो पुरै राजनीतिक जीवन, क्रान्ति र परिवर्तनमा बिताएको र पश्चगमनका पक्षमा मेरो साथ नहुने कुरा विनम्रताका साथ अनुरोध गर्दछु। भूलवश ती शब्द प्रयोग हुन गएकोमा क्षमा चाहन्छु।





























प्रतिक्रिया