केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । "/>

सीके राउत प्रकरणदेखि इथियोपिया विमान दुर्घटनासम्म

सीके राउत प्रकरणदेखि इथियोपिया विमान दुर्घटनासम्म

केन्द्रबिन्दु
0
Shares

देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।

इन्जिन मर्मतको ठेक्का रद्द नगर्नु- लेखा समिति

संघीय संसदको सार्वजनिक लेखा समितिले एयरबस–३२० विमानको इन्जिन मर्मतको ठेक्का प्रक्रिया रद्द नगर्न नेपाल वायु सेवा निगमलाई निर्देशन दिएको छ । समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले ठेक्का प्रक्रिया रद्द गरी रिटेन्डरको तयारी गर्नु सार्वजनिक खरिद ऐन विपरित हुने निष्कर्ष निकाल्दै निगमलाई पूरानै ठेक्का प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो । मूल्यका हिसावले समेत पूरानै ठेक्का प्रक्रिया अघि बढाउन उपयुक्त हुने देखिएकाले सोही अनुसारको निर्देशन निगमलाई दिइएको समितिका सचिव डा. रोजनाथ पाण्डेले जानकारी दिए ।

विप्लवका कार्यकर्ताले पाउँछन मासिक तलब !

विभिन्न अपराधिक गतिविधि गर्दै आएको विप्लव समूह सुरक्षा संयन्त्रको टाउँको दुखाईको विषय बन्दै गएको छ । अपहरण, बम आतंक, हत्या हिंसा, चन्दा आतंक जस्ता अपराधिक गतिविधि गर्दा सुरक्षाको टाउँको दुखाईको विषय बनेको हो । सरकारले भने उसका गतिविधिलाई सामान्य भन्दै नियन्त्रण गर्न सुरक्षा संयन्त्रणलाई निर्देशन दिईसकेको छ । गृहमन्त्री रामबहादुर थापा बादलले विप्लवप्रति राज्य कठोर भएर लाग्ने प्रतिक्रिया दिएका छन् । अपराधिक गतिविधि राज्यलाई सह्य नहुने भन्दै सरकार कठोर भएर विप्लवका गतिविधि नियन्त्रण गर्न तिर लाग्ने बताए ।

७ नबज्दै खाना खाएर विद्यालय जानेहरुको कथा

सामान्यतः बिहानको खाना खाने समय १० बजेपछि हो । तर, कार्यालय र बिद्यालय जानुपर्नेहरु भने ९ बजे खाना खान्छन् । त्यो भन्दा चाँडै खाना खानुपर्ने बाध्यता भयो भने कि त हटकेशमा खाना बोक्छन् कि त कार्यालय वा बिद्यालयकै क्यान्टिनमा खाना खान्छन् । तर, किरण गोले (१३) र प्रशान्त तामाङ (११)को हकमा भने यि सबै कुरा फेल खान्छ । कक्षा ६ मा अध्ययनरत उनीहरुले बिहान ७ नबज्दै खाना खाई सक्नुपर्छ । सामान्यतः यो चिया खाने समय हो । तर, अन्य बिद्यार्थीहरु चियाको चुस्की लिँदै होमवर्क गरिरहँदा उनीहरु भने भ्याईनभ्याई गरी खाना खाएर बिद्यालय दौडिरहेका हुन्छन् ।

प्रधानमन्त्री भन्छन्, ‘सम्झौताबारे सीके राउतले गलत अर्थबाट बुझेछन्’

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डताका विषयमा जनमत संग्रह हुनै नसक्ने दाबी गरेका छन् । राष्ट्रिय अखण्डता र सार्वभौमसत्तामा चोट पुग्ने विषयमा जनमत संग्रह हुन नसक्ने दाबी गरेका हुन् । राष्ट्रिय सुरक्षा परिषदको १८ औं बार्षिकउत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले ओलीले राष्ट्रको अस्तित्व, एकता, जनताको सार्वभौमसत्ता र स्वाधीनताको प्रश्नमा जनमत संग्रह नहुने बताए । सरकारले स्वतन्त्र मधेस गठबन्धनबाट आन्दोलन गरिरहेका सीके राउतसँग २४ फागुनमा ११ बुँदे सहमति गरेको थियो । उक्त सहमतिप्रति चौतर्फी विरोध भईरहेका बेला प्रधानमन्त्री ओलीले उक्त सहमतिबारे प्रष्ट पारेका हुन् ।

प्रचण्ड भन्छन्, ‘रवीन्द्रकी श्रीमतीलाई टिकट दिन सकिन्छ’

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिवंगत नेता रवीन्द्र अधिकारीको क्षेत्रमा उपनिर्वाचन हुँदा उनकी पत्नीलाई उम्मेदवार बनाउन सकिने बताएका छन्।सोमबार पोखरामा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले अधिकारीको निधनपछि खाली भएको कास्की-२ को सांसदका लागि अधिकारी पत्नी विद्यालाई नेकपाले उम्मेदवार बनाउन सक्ने बताएका हुन्।वामदेव गौतमको त्यतिकै चर्चा आएको र त्यसमा खण्डन भइसकेको बताउँदैं सोच विचार गरेर विद्यालाई टिकट दिन सकिने बताएका हन् ।

छ महिनाभित्रै म्याक्सका २ विमान दुर्घटना, चीनले लगायो रोक

छ महिनाभित्रै दोस्रो पटक बोइङ ७३७ म्याक्स विमान उड्नासाथ दुर्घटना भएसँगै यसको सुरक्षामाथि प्रश्नचिन्ह उब्जिएको छ । दुबै दुर्घटनामा विमानमा यात्रारत सबै यात्रुको मृत्यु भएको थियो । अमेरिकी कम्पनी बोइङको नयाँ मोडेलको यस विमानको प्राविधिक सुरक्षा बारेमा अहिले सर्वत्र प्रश्न उठाउन थालिएको छ ।

बोइङको महत्वपूर्ण बजार रहेको चीनले ७३७ म्याक्स ८ मोडेलका विमानहरु सोमबारदेखि नउडाउने निर्णय गरेको छ । चीनको यस कदमका कारण अरु देशले पनि यस्तै निर्णय गर्न सक्नेछन् । आइतबार इथियोपियन एयरलाइन्सको ७३७ म्याक्स विमान दुर्घटना हुँदा विमानमा सवार सबै १५७ जना यात्रु र चालक दलका सदस्यहरुको मृत्यु भएको थियो । गत अक्टोबरमा लायन एयरले सञ्चालन गरिरहेको यही ७३७ मोडेलको बोइङ दुर्घटना हुँदा १८९ जनाको मृत्यु भएको थियो ।

एकता अधिकारी जसको पुरा भएन इथियोपियाबाट केन्या गन्तव्य

आईतबार इथियोपियाबाट केन्याका लागि उडेको विमान ६ मिनेटमै दुर्घटनाग्रस्त बन्न पुग्यो । इथियोपियन एयरलाइन्सको विमान दुर्घटना हुँदा विमानमा सवार १५७ जना यात्रुले ज्यान गुमाए । ८ जना चालकदलका सदस्यसहित विमानमा सवार सबैले ज्यान गुमाए । विमानमा एक नेपालीसहित ३० भन्दा बढी मुलुकका यात्रु सवार थिए । विमान दुर्घटनाबारे इथियोपियन एयरलाइन्सले जानकारी गराएपछि मात्रै एक नेपाली पनि परेको थाहा भयो । त्यसपछि उक्त विमान दुर्घटना सबैलाई चासोको विषय बन्न पुग्यो । हालै नेपालबाट आफ्नो थलो इथियोपिया पुगेर केन्या जाने क्रममा गोरखाकी एकता अधिकारी दुर्घटनामा परेकी रहिछन् ।

काभ्रेमा प्याराग्लाइडिङ उडानको सफल परीक्षण

आशा लघुवित्तको शेयर मूल्य बढ्यो, किन्न खोज्ने धेरै, बेच्ने शून्य

तिर्नुपर्ने १६ अर्ब, बैंकमा मौज्दात मात्रै १९ लाख !

इथियोपिया विमान दुर्घटनामा परेकी अधिकारी को हुन् ?

चीनले २०२० मा कृत्रिम चन्द्रमा प्रक्षेपण गर्ने !

टिकट काट्नेले नै पैसा चलाएपछि जिल्ला अस्पताल बेहाल

देवदहमा कांग्रेसको चक्काजाम

चर्को ब्याजदर तत्काल हटाउन माग

लाजिम्पाटमा तेस्रोलिंगीको शंकास्पद मृत्यु

तेस्रोपटक वर्ल्ड रेकर्ड राख्दै सुनार

नेपाल आउँदा निरुता सिंहलाई डेंगु, मुम्बईमा उपचार

यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य,  शिक्षा, आर्थिक,  प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ  क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।

Logo