प्रधानमन्त्रीकै अगाडि सीके राउतले गरेको त्यो भाषण (भिडियोसहित)

प्रधानमन्त्रीकै अगाडि सीके राउतले गरेको त्यो भाषण (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

गत शुक्रबार स्वतन्त्र मधेश गठबन्धनसँग सरकारले ११ बुँदे सहमति गर्‍यो । उक्त सहमतिपछि अखण्ड नेपाल स्वीकार गर्ने र शान्तिपूर्ण राजनीतिमा आउने गठबन्धनका संयोजक डा। सीके राउतले घोषणा गरे । गत शुक्रबार राष्ट्रियसभा गृहमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित कार्यक्रममा राउतले शान्तिपूर्ण राजनीतिमा आउने घोषणा गरेका थिए ।

सरकारसँग गरिएको उक्त सम्झौतापछि समग्र मधेशी जनताको जीत भन्दै तराई–मधेशमा दिपावली समेत गरियो । राजनीतिक सहमतिसँगै अखण्ड नेपाल स्वीकार गरेकैदिन राउत गठबन्धनका नेता कार्यकर्ताहरुले दिपावली मनाएका हुन् । पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरमा उक्त सम्झौताको भव्य स्वागत गरियो ।

प्रधानमन्त्री केपी शर्मा ओली,नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड), गृहमन्त्री राम बहादुर थापा (बादल) लगायत अन्य सांसदहरुको उपस्थितिमा भृकुटिमण्डपमा आयोजित कार्यक्रममा ११ बुँदे सहमति गरिएको थियो । त्यहि कार्यक्रममा नेता राउतले गरेको भाषण हामीले यो भिडियोमा उपलब्ध गराएका छौँ ।

हेर्नुहोस् भिडियो रिपोर्ट

Logo