काठमाडौँ
ट्राफिक प्रहरीले सार्वजनिक बिदाको दिन विनापास सरकारी तथा संस्थानका सवारी साधन चलाउने २९ जना चालकलाई कारबाही गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले शनिबार विनापास सरकारी तथा संस्थानको सवारी चलाउने चालकहरुलाई कारवाही गरेको हो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले सार्वजनिक बिदाको दिन पास नलिई सवारी चलाउने चालकलाई कारबाही गरेको बताउनुभयो । महाशाखाले फागुन २४ गते पनि १७ वटा सरकारी तथा संस्थानको सवारी साधनलाई नियन्त्रणमा लिएर कारबाही गरेको थियो ।
महाशाखाले सार्वजनिक बिदाका दिनमा सरकारी तथा संस्थानका सवारी साधनलाई पास लिएर चलाउन आग्रह समेत गरेको छ ।





























प्रतिक्रिया