काठमाडौं
त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षा नियन्त्रण कार्यालय अन्तर्गतको सम्पूर्ण कारोबार ग्लोबल आइएमई बैंक मार्फत हुने भएको छ । बैंक र परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुबीच बैंकले प्रदान गर्ने सेवासुविधा सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएसँगै यो सेवा सुरु भएको हो । ग्लोबल आइएमई बैंकका तर्फबाट कीर्तिपुर शाखा कार्यालयका प्रमुख शोभा न्यौपाने र पनिकाका परीषा नियन्त्रक सहप्राध्यापक पुष्पराज जोशीले सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको बैंकले जनाएको छ ।
सम्झौताअनुरूप पनिकाले आफ्नो कार्यालयमा प्राप्त हुने आम्दानी, शुल्क तथा धरौटीबापतको रकम दैनिक रूपमा ग्लोबल आइएमई बैंकमा जम्मा गर्नेछ । क्याम्पसका हकमा काठमाडौं उपत्यकालगायत सम्पूर्ण शाखाबाट जम्मा गर्न मिल्ने र विद्यार्थीका हकमा बल्खुस्थित काउन्टरबाट पनिकामा तिर्नुपर्ने शुल्क भुक्तानी गर्न सकिनेछ । साथै, पनिकामा कार्यरत कर्मचारीको बचत खाता खोल्ने, चेक सटही सुविधा प्रदान गर्ने, नगद एवं चेक जम्मा गर्ने लगायतका सम्पूर्ण बैंकिङ सुविधासमेत बैंकले उपलब्ध गराउने बताइएको छ ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया