अब हेलिकोप्टरमा ६ जना मात्र चढ्न पाइने

अब हेलिकोप्टरमा ६ जना मात्र चढ्न पाइने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

सरकारको प्रारम्भिक अनुसन्धानले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारी चढेको हेलिकोप्टर ओभरलोडका कारण दुर्घटना भएको देखाएपछि प्राधिकरणले नयाँ व्यवस्था लागू गरेको छ । प्राधिकरणको हवाई सेवा सुरक्षा विभागले अब हेलिकोप्टरमा बढीमा ६ जना मात्र बस्न पाउने व्यवस्था गरेको हो । यसअघि सात जनासम्म बस्न पाउने व्यवस्था थियो ।

प्राधिकरणले १७ हजार फिटमा अवस्थित गोरक्षेपको हेलिप्याड फेरि बन्द गर्ने भएको छ । त्यहाँ भुमरी चल्ने, प्राय मौसम बिग्रिरहने भएकाले बन्द गर्ने निर्णयसमेत गरेको हो । त्यसैगरी सरकारले हेलिकोप्टरहरुको नियमित परीक्षण गर्नका लागि अन्तर्राष्ट्रिय अडिट टोली झिकाइने निर्णय समेत गरेको छ ।

Logo