७५ फिट अग्लो ‘नेपाल आमाको मूर्ति’ निर्माण हुँदै

७५ फिट अग्लो ‘नेपाल आमाको मूर्ति’ निर्माण हुँदै

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुर

कञ्चनपुरको उत्तरी चुरे फेद भम्केनी धाममा ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण कार्य सुरु भएको छ । भीमदत्त नगरपालिका–८ तिलाचौर भम्केनी धाममा शुक्रबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचनप्रसाद भट्टले मूर्ति निर्माणको शिलान्याय गरे ।

शिलान्यास गर्दै मुख्यमन्त्री भट्टले भम्केनीलाई धार्मिक पर्यटकिय गन्तव्य बनाउनुपर्नेमा जोड दिए । प्रदेश सरकारका तर्फबाट धार्मिक पर्यटकिय क्षेत्रको विकासका लागि आवश्यक पहल गर्ने बताए ।

महाकाली शारदापीठ जगद्गुरु आश्रम भम्केनी धामले मूर्ति निर्माण गर्न लागेको हो । सो धामका अध्यक्ष हरि रावलले भम्केनीलाई अन्तराष्ट्रिय धार्मिक पर्यटकिय गन्तव्य बनाइने बताए । उनका अनुसार गुरु योजना अनुसार धामले ७ हेक्टर वनलाई धार्मिक वनको रुपमा परिणत गरेको छ ।

मूर्ति निर्माणका लागि भ्याली कन्स्ट्रक्शन प्रालिले १० करोड ८१ लाख रुपैयाँ लागतमा ठेक्का लिएको अध्यक्ष रावलले बताए । समितिसंग दुई करोड मौजुदा र भीमदत्त नगरपालिकाले एक करोड रकम दिने घोषणा गरेको बताए ।

अष्टधातुबाट बनाइने नेपाल आमाको मूर्ति निर्माणका लागि २५ टन तामा आवश्यक पर्नेछ । साढे तीन वर्षमा मुर्ति निर्माण हुनेछ । तर निर्माण कम्पनीले भने २ वर्ष ९ महिनामा मूर्ति निर्माण गरिसक्ने योजना बनाएको छ । मूर्ति निर्माणका लागि विभिन्न प्रकृतिका १२ हजार श्रमिक लाग्नेछन् ।

नयाँ पत्रिका

Skip This
Skip This
Logo