काठमाडौं
पूर्व–पश्चिम रेलमार्गको बुटवल खण्डमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने विषयमा छलफल गर्न बसेको बैठकमा हातपात भएको छ। सो क्रममा स्थानीय ज्योतिप्रसाद अर्याल कुटिएका छन्। डिपिआर गर्न बाँकी रहेको सो क्षेत्रमा माटो परीक्षण गर्न पुगेको रेल विभागका कर्मचारी, चिनियाँ प्रतिनिधि, स्थानीय प्रतिनिधि र प्रभावित क्षेत्रका बासिन्दासहित बुधबार बुटवल उपमहानगरपालिका वडा नं. ११ कार्यालयमा बैठक बसेको थियो। उक्त बैठकमा सहमतिसहित डिपिआर गर्ने छलफल भइरहेको बेला आफ्नो क्षेत्रबाट रेल ल्याएको भन्दै प्रभावित क्षेत्रका तीन व्यक्तिले अर्याललाई कुटेका थिए। अर्याल पनि प्रभावित क्षेत्रकै बासिन्दा हुन्।
‘छलफलका क्रममा बिनाकारण आक्रमण भएको छ,’ सोही क्षेत्रका ज्येष्ठ नागरिक मञ्चको संयोजकसमेत रहेका ६६ वर्ष अर्यालले भने, ‘म माथि अन्याय भएको छ ।’ उनलाई स्थानीय व्यक्तिहरू यज्ञ न्यौपाने, मीनप्रसाद पराजुली र युवराज खनालले हातपात गरेको उनले बताए। ‘उनीहरूले आक्रमणले मेरो नाथ्रो फुटेको छ र दुई दाँत हल्लिएका छन्,’ अर्यालले भने, ‘प्रहरीमा निवेदन दिएपछि मिलापका लागि आएका छन् ।’ उनीहरूले जनप्रतिनिधिहरूलाई अश्लील शब्द प्रयोग गर्दै तथानाम गाली गरेपछि सम्झाउने क्रममा उल्टै आफूमाथि आक्रमण भएको उनको भनाइ छ ।
नौ सय ४५ किलोमिटर लामो पूर्व–पश्चिम रेलमार्गमा बुटवल खण्डको ढेड किलोमिटर मात्र डिपिआर गर्न बाँकी छ । सिद्धार्थ राजमार्गबाट तिनाउखोलासम्मको ढेड किलोमिटर खण्ड मात्र डिपिआर गर्न बाँकी रहेको रेल विभागका इन्जिनियर परिवेश पराजुलीले बताए। रेलमार्गको एलाइमेन्ट सिद्धार्थ राजमार्गभन्दा पूर्व र रोजपार्टी प्यालेस भन्दा दक्षिण गर्ने भनेर सन् २०१२ मै सर्भे गरेको थियो ।
नागरिक































प्रतिक्रिया