प्रधानमन्त्री ओलीलाई ५ चैतमै जलविद्युतको सेयर

प्रधानमन्त्री ओलीलाई ५ चैतमै जलविद्युतको सेयर


काठमाडौं

जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत माथिल्लो त्रिशूली ३ बी ( ३७ मेगावाट ) को पहिलो सेयर प्रधानमन्त्री केपी शर्मा ओलीलाई ५ चैतमै दिने तयारी भएको छ ।

प्रधानमन्त्री ओलीले २ फागुनमा सो कार्यक्रमको घोषणा गर्दै ३५ औँ दिनमा ( ७ चैत ) मा आफूले कार्यक्रम अन्तर्गत अघि बढ्ने आयोजनाको पहिलो सेयर किन्ने प्रतिबद्धता व्यक्त गरेका थिए । तर प्रधानमन्त्रीले घोषणा गरे भन्दा दुई दिन अगाडि नै सेयर किन्न पाउने भएका हुन् ।

ओलीको सो प्रतिबद्धता पूरा गराउन पनि कार्यक्रमको कार्यविधि चाँडो बनाइएको कार्यक्रम संयोजन समिति सदस्यसचिव हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलले बताए । उनका अनुसार कार्यक्रमका लागि आवश्यक कार्यविधि निर्माणको काम अन्तिम चरणमा पुगेको छ । ‘कार्यविधि निर्माण अन्तिम चरणमा पुगिसकेको छ,’ उनले भने, ‘आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई हस्तान्तरण गर्ने तयारी छ ।’ मन्त्री पुन १२ सदस्यीय कार्यक्रम संयोजन समितिको संयोजक हुन् ।
नयाँ पत्रिकाबाट

Logo