डन डाक्टर ! दाँतको उपचार गर्न आएका बालकलाई थप्पड हाने

डन डाक्टर ! दाँतको उपचार गर्न आएका बालकलाई थप्पड हाने

केन्द्रबिन्दु
0
Shares

बुटवल । उपचार गर्न अस्पताल पुगेका बालकलाई थप्पड हान्ने एक जना डाक्टर पक्राउ परेका छन् । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका दन्त चिकित्सक डा. हेमन्त पाठकलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले दाँतको गिंजामा घाउ आएपछि उपचार गर्न आएका ७ वर्षीय अभिनव विकलाई गालामा झापड हानेका थिए । डाक्टरले बालकलाई पिटेपछि आफन्त र अन्य विरामीका आफन्तले चिकित्सकलाई कारवाहीको माग गर्दै अस्पताल घेराउ र नाराबाजी गरेका थिए ।

आक्रोशित भीडले अस्पताल प्रशासन घेरेपछि प्रहरीले डा. पाठकलाई नियन्त्रणमा लिएको हो । डाक्टरको पिटाईबाट बालकको गालामा रातो डाम देखिएको प्रत्यक्षदर्शीको भनाई छ ।

Logo