स्वास्थ्य अवस्था सामान्य देखिएपछि प्रधानमन्त्री डिस्चार्ज

स्वास्थ्य अवस्था सामान्य देखिएपछि प्रधानमन्त्री डिस्चार्ज

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालमा नियमित स्वास्थ्य परीक्षणपछि बुधबार साँझ निवास फर्कनुभएको छ ।

नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल जानुभएका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा कुनै खराबी नरहेको उपचारमा संलग्न प्रा डा अरुण सायमीले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले मुटुको नियमित परीक्षणका लागि त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको मनमोहन कार्डियोथोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा परीक्षण गराउनुभएको थियो । थप केही परीक्षणका लागि हिजो अपराह्न प्रधानमन्त्रीलाई अब्जरभेशनमा राखिएको डा सायमीले जानकारी दिनुभयो ।

Logo