श्रीमतीलाई भान्से राखेर तलब खुवाएका उपमेयरले फिर्ता गरे ९६ हजार

श्रीमतीलाई भान्से राखेर तलब खुवाएका उपमेयरले फिर्ता गरे ९६ हजार

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

ताप्लेजुङको फुङलिङ नगरपालिकाका उपमेयर बमबहादुर भट्टराईले श्रीमतीलाई भान्से नियुक्त गरेर खुवाउँदै आएको तलब एकमुष्ट फिर्ता गरेका छन् ।

उपमेयर भट्टराईले १ साउनदेखि श्रीमती बालकुमारी कार्की भट्टराईलाई भान्से नियुक्त गरेर मासिक १५ हजार ५ सय ९० रुपैयाँका दरले अहिलेसम्म दिएको ९६ हजार रुपैयाँ फिर्ता गरेका हुन् ।

उपमेयर भट्टराईले मंगलबार आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी आफूबाट गल्ती भएको स्विकार्दै श्रीमतीले बुझेको ९६ हजार नगरपालिकाको सञ्चित कोष खातामा जम्मा गरेको बताए । समयमै ऐन, कानुन, नीतिनियम, कार्यविधि, निर्देशिका उपलब्ध नहुँदा गल्ती भएको उनले बताएका छन् ।
नयाँ पत्रिकाबाट

Logo