मकवानपुर । बलात्कार गरेको आरोपमा २ जना पक्राउ परेका छन् । १६ वर्षीया किशोरीलाई हेटौंडा उपमहानगरपालिका-५ स्थित साथीको डेरामा लगेर जबरजस्ती करणी गरेको आरोपमा मकवानपुर प्रहरीले २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बारा करैयामाई गाउँपालिका-३ का २३ वर्षीय जितेन्द्र मुखिया विन रहेका छन् । त्यस्तै एक सुस्त मनस्थितिकी २० वर्षीया महिलालाई आफ्नै घरमा लगी करणी गरेको आरोपमा हेटौंडा-११ सिमलटारका २१ वर्षीय बुद्धलाल मोक्तान पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।
पक्राउ परेका दुबैलाई मुलुकी फौजदारी अपराध संहिता ऐन, २०७४ को परिच्छेद १८ बमोजिम करणी सम्बन्धी कसुर दाबी गर्दै प्रहरीले अदालतमा मुद्दा दायर गरिएको छ ।





























प्रतिक्रिया