पशुपतिमा बाबाहरुको अनेक रुप (भिडियो)

पशुपतिमा बाबाहरुको अनेक रुप (भिडियो)

केन्द्रबिन्दु
0
Shares

महाशिवरात्रि पर्व भन्नासाथ साँधु, सन्त र बाबाहरुको प्रसङ्ग जोडिन्छ । थरिथरिका रुप धारण गरेका बाबाहरु विशेष आकर्षणको केन्द्र बन्ने गरेका छन् ।

आज  बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको थियो । आज पशुपति मूल मन्दिर प्रवेशका लागि बाहिरबाट तीन मूल मन्दिर परिसरमा प्रवेश गरेपछि पाँच लाइनको व्यवस्था गरिएको थियो  । मित्रपार्क तथा गौरीघाटबाट उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर हुँदै उत्तरढोकाबाट एक एक गरी दुई, जयबागेश्वरी–इट्टापाखा–भुवनेश्वरी अघिको सानो फलामे ढोका हुँदै पश्चिम प्रवेशद्वारबाट एक, बत्तिसपुतली, गौशाला तथा विमानस्थल गौशाला भएर पिंगलास्थान–सुमार्गी भवन–चारशिवालय–पञ्चदेवल हुँदै दक्षिणढोकाबाट एक एक गरी दुई लाइनको व्यवस्था गरिएको थियो  । ज्येष्ठ नागरिक र अशक्तले भने पशुपतिनाथ मन्दिरमा दर्शन गर्न लाइनमा बस्नु नपर्ने गरी व्यवस्था मिलाइएको थियो  ।

सदा झैँ यस बर्ष पनि पशुपतिमा साधु सन्त तथा बाबाहरुको उल्लेख्य सहभागिता रह्यो। हामीले शिवरात्रि मनाउन पशुपति आएका बाबाहरुको बिभिन्न दृश्यहरुलाई क्यामेरामा कैद गरेका छौ ।

हेर्नुहोस भिडियो 

 

Logo