राष्ट्रपतिद्वारा २ विधेयक प्रमाणीकरण

राष्ट्रपतिद्वारा २ विधेयक प्रमाणीकरण

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले २ विधेयक प्रमाणीकरण गरेका छन् ।

राष्ट्रपतिले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७५’ र ‘नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७५’ प्रमाणीकरण गरेका हुन् ।

सङ्घीय संसद्का दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश भएका  विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति भण्डारीले आइतबार प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Logo