१२ तस्बिरमा हेर्नुहोस् पशुपतिमा बाबाहरुको बिन्दास पोज (फोटोफिचर)

१२ तस्बिरमा हेर्नुहोस् पशुपतिमा बाबाहरुको बिन्दास पोज (फोटोफिचर)

केन्द्रबिन्दु
0
Shares

आज  महाशिवरात्रि पर्व । बिहानैदेखि पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ ।

बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको छ । बिहानैदेखि लाखौँ भक्तजन पशुपतिनाथ मन्दिरमा दर्शनका लागि लाममा बसेका छन् । आज पशुपति मूल मन्दिर प्रवेशका लागि बाहिरबाट तीन मूल मन्दिर परिसरमा प्रवेश गरेपछि पाँच लाइनको व्यवस्था गरिएको छ ।

मित्रपार्क तथा गौरीघाटबाट उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर हुँदै उत्तरढोकाबाट एक एक गरी दुई, जयबागेश्वरी–इट्टापाखा–भुवनेश्वरी अघिको सानो फलामे ढोका हुँदै पश्चिम प्रवेशद्वारबाट एक, बत्तिसपुतली, गौशाला तथा विमानस्थल गौशाला भएर पिंगलास्थान–सुमार्गी भवन–चारशिवालय–पञ्चदेवल हुँदै दक्षिणढोकाबाट एक एक गरी दुई लाइनको व्यवस्था गरिएको छ  । ज्येष्ठ नागरिक र अशक्तले भने पशुपतिनाथ मन्दिरमा दर्शन गर्न लाइनमा बस्नु नपर्ने गरी व्यवस्था मिलाइएको छ ।

पशुपतिनाथसँगै आज बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगमा रहेको गोकर्णेश्वर, वसन्तपुरस्थित शिव मन्दिरलगायत उपत्यका बाहिरका खोटाङको हलेसी धाम, अछामको वैजनाथ धाम, सिन्धुलीको कुशेश्वरलगायत देशभरका शिव मन्दिरमा भक्तजनको भीड लागेको छ ।

शिवरात्रि भन्नासाथ पशुपतिनाथमा आउने बाबाहरुको प्रसङ्ग आउछ। हामीले शिवरात्रि मनाउन पशुपति आएका बाबाहरुको बिभिन्न दृश्यहरुलाई कैद गरेका छौ।

हेर्नुहोस् फोटोफिचर 

 

 

Logo